२३ चैत्र २०८१, शनिबार | April 5, 2025

बर्दियाका शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण तालिम



नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत बर्दियाको गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु भएको छ ।

तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजय कुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताए । उनले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताए । पूर्व मन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको बताए ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्र बहादुर खत्री, बाँके युनेस्को क्लबका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी र फिल्ड सुपरभाइजर भगवती बिकको पनि उपस्थिती रहेको थियो ।

तीन दिनसम्म सञ्चालन गरिने सो तालिममा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकाका सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापक र जेसी फोकल शिक्षकहरु गरि २१ जनाको सहभागिता रहेको छ । बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले सो तालिममा सहजीकरण गरिरहेका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ११ : ०२ बजे

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण