९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

‘सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक’

सांसद राठौरको सुझाव : युरोप अमेरिका होईन उत्तर प्रदेश र बिहारसँग आफ्नो तुलना गर



नेपालगन्ज । सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक बनेको सरकोरवालाहरुले बताएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा राखेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले भन्सार राजश्व र उद्योग क्षेत्रमा सरकारको अवैज्ञानीक नीतिका कारण ब्यवसाय माथि उठन नसकेको बताए । उनीहरुले चर्को भन्सारदरका कारण सिमावर्ती बजारमा तस्करी मौलाएको गुनासो गर्दै ब्यवहारीक भन्सार दर कायम भए सबैले राज्यलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले दक्षिण एसियामा बसेर युरोप अमेरिकाको सपना देख्न नहुने बताए । उनले नेपालीहरुले भारतको उत्तर प्रदेश र बिहारसँग आफुलाई तुलना गर्नु पर्ने उल्लेख गर्दै त्यहाँ भन्दा नेपालीको जिवन शैली उच्च रहेको दाबी गरे ।

देशमा भएको सम्पदा बेच्न नसक्दा नेपालीहरु कमजोर भएको चर्चा गर्दै उनले नेपालसँग रहेको पानी, पर्यटन र प्रकृतिलाई बेच्न सके नेपालमै समृद्धि सम्भव भएको बताए ।

अर्का प्रतिनिधिसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य सुर्य ढकालले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा नगाभी यस क्षेत्रको विकास नहुने बताए । उनले संबिधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने गरि संशोधन गर्नु पर्ने उनको भनाई छ ।

प्रदशसभा सदस्य तथा माओवादी नेतृ कृष्णा केसी नमुनाले सरकारले बाँके र नेपालगन्जलाई सधैं उपेगा गर्ने गरेको बताइन् । बाँकेलाई औद्योगिक जिल्लाकारुपमा विकास गरिने बताइएपनि नौबस्ताको औद्योगिक करिडोर समेत संचालन गर्न नसक्दा नेपालगन्ज पछि परेको बताइन् । उनले नेपालगन्ज विमानस्थलको स्तर उन्नती गर्दै नेपालगन्ज नयाँदिल्लीको उडानका लागि पहल गर्न संघीय सांसदहरुलाई आग्रह गरिन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सरीले राज्यको भन्सार नीति गलत भएका कारण सिमावर्ती बजारहरु सुक्दै गएको बताए । उनले गलत भन्सार दर र कमजोर भन्सार प्रशासनका कारण नेपालमा भन्दा भारतमा सामानको मूल्य कम पर्ने र उपभोक्ताहरुको आकर्षण समिापारी हुने गरेको बताए ।

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : २८ बजे

बर्दियाका शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण तालिम

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित

बाँके र बर्दियाको सीमाक्षेत्रका वडा अध्यक्षसंग सशस्त्र प्रहरीको छलफल

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय

नेपाल संवतमा नेपालगन्जमा भिन्तुना र्‍याली

नेपालगन्ज । नेपालीहरुको मौलिक संबत नेपाल संवत ११४५ को अवसरमा

‘सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक’

नेपालगन्ज । सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले