१६ कार्तिक २०८१, शुक्रबार | November 2, 2024

चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ



रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ । भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो ।

प्रमुखका हैसियतले प्रहरी उपरीक्षक दिलीप घिमिरेको कार्यकालमा जिल्लामा चोरी निकासीसहित अवैध गतिविधि कम भइरहेको भनी सर्वत्र प्रशंसा भइरहेको अवस्थामा अवैध घटनाक्रम दोहोरिन थालेको भनी जिल्लावासीले चिन्ता व्यक्त गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, अरौया, बञ्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौलाखालका हातहतियार, पटकालगायत अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी अर्को देशतर्फ सुरक्षित हुनखोज्ने गैरकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रणका लागि दुवैतर्फका जिम्मेवार अधिकारी, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि एवं स्थानीय जनताकाबीच समन्वय, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ३८ बजे

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा सुरेन्द्र मानन्धर सिफारिस

काठमाडौँ। नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा

युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा

नेपाल संवत ११४५ को पूर्वसन्ध्यामा बुटवलमा मोटरसाइकल र्याली (फोटोफिचर)

बुटवल । नेपाल संवत ११४५ प्रारम्भको पूर्वसन्ध्यामा बुटवलमा मोटरसाईकल र्याली

Japanese tourist rescued from Everest region following fall injuries

Solukhumbu: A Japanese tourist has been rescued after he tripped

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको