९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभई सबै नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रुपमा सहभागी हुनुपर्नेमा जोड दिए ।

“महिला विकासको बलियो स्तम्भका रुपमा भूमिका खेल्नसक्नेमा दृढ विश्वास राख्छु”, मन्त्री सुडीले भने, “महिला अधिकारका लागि निरन्तर पहल गरिरहेकाले महिला र बालबालिकाका लागि सहज र समान समाज विकास गर्न आवश्यक नीतिनिर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” उनले सरकार र नागरिक समाजसँगै मिलेर लैङ्गिक असमानताका मूल कारण निर्मुल गर्नुपर्नेमा जोड दिए ।

बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पुर्‍याउने मन्त्री सुडीले विश्वास व्यक्त गरे । उनले महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन सुझाव दिए ।

“बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दुरदर्शी एजेण्डा हो । यसले नीजि र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तीकरणका लागि सरोकार भएका क्षेत्रहरु पहिचान गरेको छ”, मन्त्री सुडीले भने, “राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरुसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरुको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरुको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ ।”

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि समेटेर सशक्तीकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले महिला र ज्येष्ठ नागरिककोे अवस्था संवेदनशील बन्दै गएको बताइन् ।

नेशनल नेटवर्क फर बेइजिङ रिभ्यु नेपाल (एनएनबीएन), संयुक्त राष्ट्रसङ्घीय महिला (युएन महिला) र महिला, कानुन र विकास मञ्चको सहकार्यमा आयोजित सम्मेलनमा महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन महिला अधिकारकर्मीलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले महिला अधिकारकर्मी लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई कदरपत्रसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ५५ बजे

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल तनहुँबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री