९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

रवि लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ अनुमति



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि प्रहरीलाई पक्राउ अनुमति दिएको छ । अदालतबाट अनुमति लिएर लामिछाने विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध यसअघि नै इलाका प्रहरी कार्यालय बुटवलबाट मुद्दा दर्ता भएकोमा आज पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

कानूनतः मुद्दा परिसकेपछि पक्राउ अनुमति लिनुपर्ने भए बमोजिम अदालतबाट अनुमति लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए । उनले अनुमतिसँगै कास्की प्रहरीसँग समन्वय गरिएको जनाउँदै लामिछानेलाई रुपन्देही ल्याउन सकिने जनाए । ‘प्रमुखरुपमा कास्कीले मुद्दा हेरिरहेको छ, बयानको आवश्यकता देखिए रुपन्देही पठाउन पनि सक्छ ।’ उनले भने ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ । थप भएको ७ दिनकै अवधिमा लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : १९ बजे

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल तनहुँबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री