९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

अदालतद्वारा सभापति लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति



पोखरा । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यही कात्तिक २ गते पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको अवस्थामा पुनः म्याद थप भएको छ ।

यसैगरी सहकारीको बचत रकम अपचलनकै आरोपमा गत असोज ६ गते पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : २३ बजे

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल तनहुँबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री