७ कार्तिक २०८१, बुधबार | October 23, 2024

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बंैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर



काठमाडौ । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडिपत्लाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।

आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानाडाले क्यानाडा बंैकिङ्ग ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारोबार गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ३७ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई