७ कार्तिक २०८१, बुधबार | October 23, 2024

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु



झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । हजुरबवा र नातीनी बजारबाट नातीनीकालागि जन्मलिनको केक लिएर आउँदै गरेको बताइएको छ ।

प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । अहिले झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ४२ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई