९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गथ्र्यो ।” उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

“पहिलो सय दिनमा हामीले कुन-कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ”, प्रधानमन्त्री ओलीले भने, “त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता ग¥यौँ, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् ।”

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ३६ बजे

नेपाल संवतमा नेपालगन्जमा भिन्तुना र्‍याली

नेपालगन्ज । नेपालीहरुको मौलिक संबत नेपाल संवत ११४५ को अवसरमा

‘सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक’

नेपालगन्ज । सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले

लुम्बिनी सरकारको अभियान : यो बर्ष ‘घुम्न जाउँ बर्दिया’

दाङ । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष

काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’