१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

बाटो खुलेको २५ वर्षपछि कालोपत्र



म्याग्दी । बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो । बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ २०५६ सालमा सडकको सडक निर्माण गरिएको हो ।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ३४ लाख ६६ हजार नौ सय २९ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय २५ मिटर ढलान, सात सय मिटर पानीका निकासका लागि नाली र छ सय मिटर पर्खाल निर्माण भएको छ ।

यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ । साथै, गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले रु १० करोड १६ लाख एक हजार तीन सय ६४ को लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको नगरप्रमुख सुरत केसीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ३८ बजे

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

काठमाडौं । हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि

आज नेवार समुदायमा म्हः(आत्म)पूजा गरिँदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः(आत्म)

कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको