६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

रुपन्देहीमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिन सुरु



बुटवल । सुप्रिम सहकारीको अपचलन मुद्दामा बयान लिन पोखराबाट रुपन्देही ल्याईएका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिन सुरु भएको छ । जिल्ला सरकारी कार्यालय भैरहवामा जोशीसँग बयान लिन सुरु भएको हो ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सोमबार जोशीलाई कास्कीबाट बुटवल ल्याइएको थियो ।

रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा केही बेर अघिदेखि बयान लिन सुरु भएको छ । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलालको पनि संलग्नता देखिएपछि जिल्ला प्रहरीले कार्यालय कास्कीले रुपन्देहीमा थप अनुसन्धान लागि बयान लिन पठाएको हो । सोमबार दिउँसो हवाईमार्गबाट रुपन्देही ल्याइएका जोशीलाई सकभर आज नभए भोलि पोखरा फिर्ता पठाउने योजना रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलबाट चलेको मुद्दा भएकाले जोशीलाई बुटवल स्थित इप्रकाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ३८ बजे

न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्यूरो उपचार केन्द्र

सहकारी ठगी प्रकरण : रुपन्देही ल्याइएका पूर्वडीआईजी जोशीसँग साढे ७ घण्टा बयान

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेर बयानका लागि रुपन्देही

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

काठमाडौं । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५

गुल्मीको हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन