९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

पार्टी विभाजन गर्ने अध्यादेश ल्याए राम्रो हुँदैन : माधव नेपाल



कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका छन् । उनले अरुलाई सिध्याउने उदेश्यले अध्यादेश ल्याउन लागेको सुनेको बताउँदै सरकारलाई अन्य पार्टीलाई टुक्र्याउने गरी अध्यादेश नल्याउन चेतावनी दिएका हुन् ।

सोमबार नेकपा एकिकृत समाजवादीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न घुराउरो शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं’ नेपालले भने- ‘अरु पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन ।’

उनले अरूलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैं समाप्त भएर जाने बताए । ‘संसारको इतिहासले बताएको छ । संसारले समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लो थियो । त्यसैले हिटलरी शैलीलाई परित्याग गर्नुस्’ ओलीतर्फ संकेत गर्दै नेपालले भने । आफूहरूमा एमाले र केपी शर्मा ओली कसैसँग पनि बदलाको भावना नभएको बताए । उनले आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार रहेको बताए ।

अध्यक्ष नेपालले कतिपयले नेकपा एकिकृत समाजवादीका बारेमा भ्रम फैलाएको बताए । ‘एमालेमा विलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत छ, हामी कसैसँग विलिन हुँदैन, आफ्नै खुट्टामा उभिन्छौं’ अध्यक्ष नेपालले भने । उनले विचार र मन मिल्नेहरुसँग सहकार्य गरी मोर्चा भने बनाउने बताए । उनले क्रान्तिकारीहरुविच माओवादी, विप्लव र नेसपासँग मिलेर राजनीतिक मोर्चाबन्दी गरेको बताउँदै तत्तकाल कसैसँग एकता गर्ने पक्षमा भने नरहेको बताए ।

उनले आफूहरुलाई राम्रो देख्नेले राम्रो नै मानेको बताए । नेकपा एकिकृत समाजवादी पार्टी गठन गर्नुके पछाडि राजनीतिक र संविधान जोगाउने प्रश्नसँग जोडिएको बताए । ‘फुलको आखाँमा फुलै संसार, हामीले राम्रो गरेका छौं’ उनले भने- ‘कतिपय साथीहरु कागले कान लग्यौ भनेर कुद्ने प्रवृति देखिएको छ, कान छाम्नुस, त्यसै नकुद्नस् ।’ उनले आफुहरु ठिक ठाउँमा रहेको बताउँदै आफूहरुको राजनीतिक मुद्धा ठिक भएको बताए । ‘पार्टी बनाएर ठिक ग¥यौ की बेठिक ग¥यौं, घटनाक्रम र राजनीतिक उकुसमुकुसले बताइरहेको छ’ उनले भने- ‘संविधान बचाउन र कम्यूनिष्ट आन्दोलनलाई स्थापित गर्नका लागि पार्टी गठन गरेका हौं ।’

उनले २०७७ सालमा एमालेको पार्टी सदस्य १ लाख ५ हजार रहेको स्मरण गर्दै अहिले नेकपा एसको पार्टी सदस्य १ लाख ५० हजार सदस्य रहेको बताए । ‘हामी सानो छैनौं, मधेशमा हाम्रो पार्टीप्रति जनलहर बढिरहेको छ’ उनले भने । बैठकमा पार्टीका उपमहासचिव मेटमणि चौधरी, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ०६ बजे

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

सिटामोल अभाव छैन : औषधि लिमिटेड

काठमाडौं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको

पूर्व माओवादीहरु एक ठाउँमा केका लागि ? : डा. बाबुराम भट्टराई

काठमाडौं । प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी

काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका