२ चैत्र २०८१, शनिबार | March 15, 2025

चिया निर्यात बढ्यो, अलैँची घट्यो



झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश। २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ३७ बजे

दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२