९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइयो



पोखरा। सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको एवं संगठित अपराध गरेको मुद्दामा शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिइएका लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइएको हो । हिजो शनिबार बिदा परेका कारण उनलाई आज मात्र अदालत लगिएको हो । यद्यपी, उनलाई नियन्त्रणमा लिएकै राति पोखरा पुर्याइएको थियो ।

लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा उनको पार्टी रास्वपाका कार्यकर्ता र सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । रास्वपा कार्यकर्ताहरुले शहीद चोक र सहकारी पीडित पक्षले राष्ट्र बैंक चोकमा प्रदर्शन गर्दा पोखराको अवस्था तनाबपूर्ण बनेको थियो । दुवै पक्षलाई आम्नेसाम्ने हुन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४६ बजे

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल तनहुँबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री