९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

‘भूमिसम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ’



नुवाकोट । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले आज विदुरमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाटमा उनले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताए ।

“विगतका आयोगले काम नगरेको गुनासो धेरै छन् । त्यसमा केही यथार्थ पनि छ । भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार आयोग बनाउन अझै केही कानुनी समस्या छन् तर दलीय र सरकारको सहमतिमा सकेसम्म सबै समस्या समाधान गर्नसक्ने गरेर अधिकार सम्पन्न आयोग गठन हुनेछ । आयोगले गर्ने काममा कानुनी प्रश्न उठ्न नदिन भूमि ऐन, नापी ऐनसहित यससँग सम्बन्धित कानुन निर्माण तथा सुधारमा मन्त्रालय लागिरहेको छ”, मन्त्री अधिकारीले भने ।

अब बन्ने आयोगले विगतका आयोगले गरेका कार्यको दायित्व ग्रहण गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानमा केन्द्रित हुने उनले उल्लेख गरे । उनले बिर्ता र गुठी समस्या समाधानका लागि क्रमशः कानुन निर्माण गरेर अगाडि बढ्ने सरकारको लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ३२ बजे

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

सिटामोल अभाव छैन : औषधि लिमिटेड

काठमाडौं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको

पूर्व माओवादीहरु एक ठाउँमा केका लागि ? : डा. बाबुराम भट्टराई

काठमाडौं । प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी

काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका