२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सेवा रेमिटको अनुमतिपत्र खारेज



काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ०३ बजे

रास्वपा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

ललितपुर । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ

विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट

तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनामा