२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ ।

सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । ३ खेलको सिरिजमा यो जितपछि नेपाल १-० ले अगाडि भएको छ ।

खेलेको पहिलो इनिङ्समा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको थियो । तर अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायान जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए ।

नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७(२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।

सिरिजको दोस्रो खेल आइतबार बिहान हुनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : १७ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस