१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

निर्वाचन आयोगको निर्देशन – स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिनु



काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको हो । गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये हाल बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले दलहरूलाई भनेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगले भनेको छ :

मिति २०८१/०६/३० मा बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट संवत् २०८१/०८/१६ आइतबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न  उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ४ : ०५ बजे

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको

राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्छ : महासचिव पोखरेल

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट

राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको

निर्वाचन आयोगको निर्देशन – स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिनु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छान्न सर्च कमिटी गठन हुने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद्