१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मिक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।

बर्सातको तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ । लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउँदै आइएको छ ।

बौद्ध महिला समितिको व्यवस्थापनमा भएको वर्षाबास अवधिभर दैनिक धर्मदेशना, पूजालगायत विभिन्न धार्मिक गतिविधिहरु सञ्चालन गरिएको थियो । राजकीय बुद्ध विहारका संरक्षक भिक्षु धम्मले भगवान् बुद्धले सबै प्राणीजगत्को कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमाको ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए ।

उनले आफूहरुले विगत ८ वर्षदेखि स्थानीयहरुलाई बुद्धको उपदेशसँग जोडेर वर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए । भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीयस्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरु बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सहसंयोजक सिर्जना पँगेनी लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

असार पूर्णिमादेखि सुरु भएको आठौँ चरणको वर्षाबासको चिवरदान कार्यक्रम भने कात्तिक ४ गते हुनेछ । राजकीय बुद्ध विहारमा हालसम्म आठजना संयोजक भएर वर्षाबास तथा धर्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गरिएको छ । विसं २०७४ मा टीका कटेल, विसं २०७५ मा विष्णुकुमारी बस्याल, विसं २०७६ मा राजकुमारी गुरुङ (गुरुआमा), विसं २०७७ मा मञ्जु ढकाल, विसं २०७८ मा राधिका न्यौपाने, विसं २०७९ मा माया भुसाल, विसं २०८० मा माया गुरुङ र विसं २०८१ मा मिरा सापकोटा गौतमले संयोजकको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ०९ बजे

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको

राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्छ : महासचिव पोखरेल

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट

राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको

निर्वाचन आयोगको निर्देशन – स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिनु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छान्न सर्च कमिटी गठन हुने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद्