१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम बिहिबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्धेश्य कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए ।

जनताको ठुलो विश्वास बैंक प्रति रहेको हुँदा व्यवसायीक ढङ्गबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए ।

अरु सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गारएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १ : ५९ बजे

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको

राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्छ : महासचिव पोखरेल

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट

राष्ट्रपतिद्वारा जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको

निर्वाचन आयोगको निर्देशन – स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिनु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छान्न सर्च कमिटी गठन हुने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद्