१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

कोहलपुरमा होटलको कोठा बुक गरेर सामुहिक बलात्कार, ५ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुरमा नाबालिकालाई ललाई फकाई होटलमा लगेर २ दिन सम्म सामुहिक बलात्कार गरिएको छ । असोज २७ र २८ गते लगातार सामुहिक बलात्कार भएको घटना २ दिनपछि मात्र प्रहरीले सार्वजनिक गरेको छ ।

१२ वर्षिया नाबालिकालाई ५ जना किशोरहरुले ललाई फकाई कोहलपुर स्थित न्युरोडको होटलमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ १ का २४ वर्षिय डम्बर बहादुर रोकाया, १९ वर्षिय निशान रोकाया, बिजय कार्की, सोही वार्डका गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले २७ गते नाबालिकालाई फकाएर न्युरोड स्थित यात्री होटलमा पुर्याई २ जनाले बलात्कार गरेको र २८ गते अन्य ४ जनाले बलात्कार गरेका थिए । बलात्कार गरि फरार रहेका ५ जनालाई कोहलपुर प्रहरीले बैजनाथको बिभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धमैराज भण्डारीले बताए । पक्राउ परेकाहरुलाई आज अदालत पेश गरिने उनले बताए । बलात्कृत नाबालिकाको स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मा लगाईएको र उनको शारिरीक अवस्था खतरामुक्त तर कमजोर रहेको उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ११ : २६ बजे

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छान्न सर्च कमिटी गठन हुने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद्

लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मिक अनुष्ठानको

‘वीरगन्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

वीरगन्ज । मधेस आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित