३० आश्विन २०८१, बुधबार | October 16, 2024

गृह जिल्लाको शक्तिपीठ दर्शनमा मुख्यमन्त्री आचार्य, पुरातात्विक सम्पदाको संरक्षण गरिने



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृहजिल्ला अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नु पुगेका छन् । दसैं मनाउन जिल्ला पुगेका मुख्यमन्त्री आचार्यले जिल्ला स्थित ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बोकेका धार्मिक स्थलहरुको दर्शन गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर-३ मा रहेको मालारानी मन्दिरको दर्शन गरे । सो अवसरमा उनले जिल्लाका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको, लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जोड्नेगरि योजना बनाएको उनले बताए ।’सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाको संरक्षणका लागि सरकारले योजना बनाउछ,’ उनले भने, -‘समुदायको साथ, सयोग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन ।’

प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौं लुम्बिनी’को लागि आह्वान गरेको थियो । ‘घुमौं लुम्बिनी’ कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्‍याउने योजना अघि सारिएको हो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावर्ण निर्माणको जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : १४ बजे

खजुरा रेडक्रसको युवा सर्कलमा पत्रकार दाहाल

खजुरा । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको

तीजमा महिलालाई साडी दसैंमा बिपन्नलाई मासु चिउरा : भरतपुर-१२ का वडा अध्यक्षको कर्म

चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका

प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र

सवारी दुर्घटना गराई भागेपछि…

काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको