२८ आश्विन २०८१, सोमबार | October 14, 2024

तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान



हुम्ला । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।

तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए । आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

“मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ । अब यात्रुको चाप विस्तारै बढ्छ”, प्रमुख लामाले भने । नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उहाँको भनाइ छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : २६ बजे

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन

नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै