२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

जङगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु



कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज विहान फेलापरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ११ : २० बजे

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य

खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका

बधशालामा पशु बध नगरेको भन्दै सुपा देउराली मासु पसललाई ५० हजार जरिवाना, साढे २६ केजी मासु जफत

बुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको भारी वर्षापछिको विपद्को पुनःनिर्माणका