२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैङ्क लिमिटेडबाट रु दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु एक करोड, एनएमबी बैङ्कबाट रु ५१ लाख, नेपाल इन्स्योरेन्सबाट रु ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ५६ बजे

भारत सरकारले पठायो बाढीपीडितका लागि आवश्यक सामग्री

नेपालगन्ज । भारत सरकारले बाढीपीडितलाई आवश्यक सामग्री पठाएको छ ।

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज

मेलम्ची सङ्घर्ष समितिसँग खानेपानी मन्त्रीको वार्ता : काठमाडौँमा पानी पथान्तरण गर्ने सहमति

सिन्धुपाल्चोक । भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन

तमु सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन

बुटवल । गुरुङहरुको (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप