१९ आश्विन २०८१, शनिबार | October 5, 2024

एनआरएनएले आइतबारदेखि बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवार देखि बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने भएको छ ।

गत हप्ताको भीषण वर्षा पश्चात आएको ठूलो बाढीपहिरोल नेपालमा व्यापक मानवीय र धनजनको क्षति पुगे पछि गैरआवासीय नेपाली संघले भोलि ६ अक्टोबर (आइतबार)बाट राहत वितरण गर्ने भएको संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिए

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौ उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा खटिने निर्णय गरेको हो ।

बैठकमा मकवानपुरका सविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी समेतको अतिथि उपस्थिति रहेको थियो । एनआरएनएले अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा काठमाडौको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकबाट पहिलो चरणमा राहत वितरण सुरु गर्ने भएको छ ।

यसअघि गैरआवासीय नेपाली संघले १ करोड बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो । सो अभियानमा एनआरएनए यूकेले १५ लाख रुपैयाको सहयोग गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ०६ बजे

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

भक्तपुर । नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

बेइजिङ । इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले

दक्षिणकालीबासीलाई खानेपानीमन्त्रीको अपील – ललितपुरलाई खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका

एनआरएनएले आइतबारदेखि बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवार देखि बाढी पहिरो