१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बाँकेको खजुराबाट नाबालिका खाने चितुवा १९ दिनपछि नियन्त्रणमा



खजुरा । बाँकेको खजुरा-६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवा बालिका खाएको १९ दिन पछि नियन्त्रणमा आएको छ । स्थानीय बिरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई भाद्र ३० गते राती घरबाट लगेर खाने चितुवा घटना भएको १९ दिन पछि पासोमा परेको हो ।

बालिका मृत अवस्थामा भेछिए लगत्तै बाँके र बर्दियाका बन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय चितुवाको खोजिमा लागेका थिए । चितुवा नियन्त्रणका लागि आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएकोमा १९ दिन पछि चितुवा खोरमा फँसेको हो । चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु निरन्तर खटिएका थिए । खजुरा गाउँपालिकाको आग्रहमा खटिएको टोलिले गयराती चितुवालाई नियन्त्रणमा लिन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए । उनले अहोरात्र खटिने बन र निकुञ्जका कर्मचारीलाई धन्यबाद दिँदै स्थानीय जनप्रतिनिधि , ईलाका प्रहरी कार्यालय, गिजरा समुदायिक बन समितिलगायतलाई पनि धन्यबाद ज्ञापन गरेका छन् ।

नियन्त्रणमा आएको चितुवालाई हाल बन डिभिजन कार्यालय बाँकेमा लगिएको छ । नियन्त्रणमा आएको चितुवालाई बर्दिया निकुञ्जमा छाड्न आग्रह गरिएको अध्यक्ष तुफानले बताए । बाँके निकुञ्ज छाड्दा पुनः गाउँमा आउन सक्ने भन्दै बर्दिया लैजान आग्रह गरिएको उनले बताए ।

सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा ३ बि गाउँ र वडा नम्बर ३ को सी गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो । बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको स्थानीयले बताएका छन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् ।

जानकारहरुका अनुसार, बाघको आफ्नो क्षेत्र (एरिया) हुन्छ । त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ । बर्दियामा एक सय २५ र बाँकेमा २५ वटा बाघ छन् । निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ११ : १५ बजे

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय