२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो । जोशी पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उनी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका जोशीले त्यहाँ रहँदा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ । जोशीका व्यापारिक साझेदारहरु जीबी राई फरार छन् भने रवि लामिछानेलाई सरकारले अहिलेसम्म पक्राउ गरेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ०५ बजे

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।