१९ आश्विन २०८१, शनिबार | October 5, 2024

अनुगमन छल्न बुटवलका मासु ब्यवसायीको नयाँ जुक्ति, बाहिर बन्दको सूचना, भित्र फ्रिजभरी मासु



बुटवल । बुटवलमा बजार क्षेत्र नै दुर्गन्धित हुने गरि पशुबध गर्ने पसलहरुमा उपमहानगरपालिकाले कडाई गर्न थालेपछि अनुगमन छल्न मासु पसलेहरुले नयाँ जुक्ति निकालेका छन् । प्राय बिहानको समयमा उपमहानगरको अनुगमन टोलि निस्कन थालेपछि पसलेहरुले टोलि आउँदा सूचना टाँसेर पसल बन्द गर्ने र टोलि फर्केपछि पुनः पशुबध सुरु गर्ने गरेका छन् ।

उपमहानगरले हरेकदिन अनुगमन गर्न थालेपछि मासु ब्यवसायीहरुले बिहानको समयमा अनुगमनको बिरोधमा पसल अगाडी सूचना टाँसेर बन्द भएको जनाएपछि बन्द पसलभित्र भने फ्रिजभरी मध्यराती नै पशुबध गरि राखिएको मासु फेला परेको छ । उपमहानगरको अनुगमन टोलिलाई आँखा छल्न मात्र बन्दको सूचना टाँसेर टोलि फर्के लगत्तै बेचबिखन र बध गर्ने कार्य सुरुहुने गरेको पसल नजिकका स्थानीयले बताएका छन् ।

बजार क्षेत्रका यत्रतत्र पशुपध गर्दा नगर क्षेत्र दुर्गन्धित हुनुका साथै ब्यवसायीहरुले स्वास्थ्य परिक्षणबिना र फोहर ठाउँमा पशु बध गर्ने गरेको भन्दै उपमहानगरले गतवर्षबाट ब्यवस्थित पशुबधशाला निर्माण गरि संचालनमा ल्याएको छ । बुटवलमा पशुबध सम्बन्धि ऐन नै बनाएर उपमहानगरले अनिवार्य बधशालाका काटिएको मासु बेच्न र प्रयोग गर्न आग्रह गर्दै आएको छ । तर बुटवलका मासु ब्यवसायीहरुले भने मानवबस्तीकै नजिक पशुबध गर्ने र बेचबिखन गर्दै आएका छन् ।

बिगत ६ दिनदेखि बुटवल उपमहानगरपालिकाको टोलीले विभिन्न वडाका मासु पसलहरुलाई निर्देशनात्मक रुपमा कडाईका साथ बधशालामा जान आग्रह गर्नथालेपछि ब्यवसायीहरुले अनुगमन छल्न नयाँ जुक्ति निकालेका हुन् ।

बुधबार पनि बुटवल वडा नम्बर ७, ८ र ११ का विभिन्न खसी बोकाका मासु पसलहरुलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैजसो व्यवसायीले पसल बन्दको सूचना टाँस गर्दै उपमहानगर पालिकाको निर्देशनलाई अटेरी गरेका छन ।

तर, बुटवल उपमहानगरपालिकाले नगरबासीलाई स्वच्छ र गुणस्तरीय मासु पाउने व्यवस्थाको लागि बधशालामा गएर मासु काटन व्यवसायीलाई आग्रह गरिरहेको बुटवल उपमहानगरपालिका राजश्व शाखाका अनिल माण्डवीले बताए ।

उपमहानगरपालिकाले ऐन बनाएर प्रतिबन्ध लगाएको १ वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशुबधलाई बन्द गराउन प्रक्रिया अगाडि बढाएको हो ।

पालिकाको अटेरी गर्ने व्यवसायीलाई पहिलो चरणमा १० हजार र दोस्रो चरणमा पनि पसलमा मासु काटेको भेटेपछि २५ हजार रुपैयाँसम्मको जरिवानाको पत्र काट्ने गरेको छ । ब्यवसायीहरुले भने न त उपमहानगरले ताकेको जरिवना भरेका छन् न मासु नै काट्न छाडेका छन् ।

स्वच्छ मासु मात्रै बिक्रीका लागि पटक–पटक आग्रह गर्दासमेत अटेरी गरेपछि जरिवाना गरिएको र पुन अटेर गरे अब ५० हजार जरिवाना गरिने र त्यसपछि पनि अटेर गरेमा मासुपसलमा शिल गरिने माण्डवीले बताए । बुटवल उपमहानगर बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको बताउंदै बधशालामा बध गरिएको मासु मात्रै बिक्री–वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

बुटवलका मासु व्यवसायीले भने एउटा ब्यवसायिक कम्पनीलाई एकाधिकार दिलाउन उपमहानगरले मासुमा ‘सेण्डिकेट’ लगाउन थालेको आरोप लगाएका छन् ।

बधशालाको ठेकेदारले ब्यवसायीको खसीबोका काटिदिएको प्रति एकको एक हजार लिँदा उपभोक्तालाई मासु महङ्गो पर्नजाने तर्क गर्दै उनीहरुले पशुबधको मापदण्ड बनाएर ब्यवसायीलाई पनि मापदण्डभित्र रहेर बधशाला संचालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ५१ बजे

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय