१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

शिगेरु जापानको नयाँ प्रधानमन्त्री चयन



काठमाडौँ ।  शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् ।

संसदको दुवै सदनमा एलडिपीको बहुमत भएकाले शिगेरु सजिलै प्रधानमन्त्रीमा चयन भएको जापानी मिडिया एनएचके न्युजले उल्लेख गरेको छ ।

६७ बर्षिय शिगेरु जापानको १०२औ प्रधानमन्त्री बनेका छन् ।

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरुले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ३९ बजे

विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

काठमाडौं । यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का

माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा

रिहा भएपछि दुर्गा प्रसाईले भने- एक थोपा रगत हुन्जेल लड्छु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् ।

नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले