१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



बागलुङ । जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : १९ बजे

विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

काठमाडौं । यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का

माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा

रिहा भएपछि दुर्गा प्रसाईले भने- एक थोपा रगत हुन्जेल लड्छु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् ।

नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले