१४ आश्विन २०८१, सोमबार | September 30, 2024

छहरे-टोखा सडक खण्डमा पोखरा जान लागेको माइक्रोबस दुर्घटना



नुवाकोट । छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको ग १ ख ४५३५ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जना गम्भीर घाइतेसहित १२ जना घाइतेलाई उपचारको लागि ग्रिनसिटी अस्पताल ल्याइएको छ ।

सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नागढुंगा नौबिसे खण्डको झ्याप्ले खोलामा पहिरो गएर सडक अवरुद्ध भएपछि पोखरा जान माइक्रोबसले नुवाकोटको वैकल्पिक सडक प्रयोग गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ०२ बजे

एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डको तयारीमा टुना टेक्नोलोजी

बुटवल । मोफसलमा सबैभन्दा ठूलो आईटी कम्पनीको रुपमा स्थापित बुटवलको

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार हुने

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको सङ्घीय

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका