१३ आश्विन २०८१, आइतबार | September 29, 2024

उपमहानगरको अनुगमनलाई टेर्दैनन् बुटवलका मासु व्यवसायी, अझै पनि खुलेयाम बेच्छन खसीको भन्दै बाख्रीको मासु

स्थानीय सरकारलाई मासु ब्यवसायीको चुनौती : 'हामी बधशालामा मासु किन्न जाँदैनौ'



बुटवल । चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले बजार अनुगमनलाई तिब्र पारेपनि बुटवलका केही मासु पसलेहरुले उपमहानगरको अनुगमनलाई चुनौती दिँदै गैरकानूनी काम गर्न छाडेका छैनन् । अनुगमनलाई तिब्र बनाइएकै बेला बुटवलमा केही मासु पसलहरुमा खुलेआम बाख्रीको मासु बिक्रि वितरण हुने गरेको भेटिएको छ ।

दोहोर्याएर अनुगमन गर्दा त्यस्ता पसलहरुमा अनुगमन समिति निस्केृ लगत्तै खसी, बोका भन्दै बाख्रीको मासु बेच्ने गरिएको छ । आईतबार भएको मासु पसल अनुगमनका क्रममा बजारमा पुनः बाख्रीको मासु फेला परेसँगै मासु पसलेहरुले अनुगमनलाई नटेरेको देखिएको छ ।

खसी, बोकालाई बुटवलको अत्याधुनिक पशु बधशालामा बध गरेर मात्र बिक्रि गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गराउन हिडेको अनुगमन टोलीले सो क्रममा दुई मासु पसलमा बाख्रीको मासु बिक्रि वितरण भएको फेला पारेको छ । बुटवल-८ स्थित हलाल मासु एण्ड माछा पसल र बुटवल-१० स्थित रेहान मासु पसलमा बाख्रीको मासु बिक्रि भएको फेला पारेको हो । अनुगमन टोली पुग्न साथ हलाल मासु एण्ड माछा पसलका सञ्चालकले झुण्डाएर बिक्रि गरिरहेको बाख्रीको मासु हतार हतार लुकाउने प्रयास गरेका थिए ।

बुटवल उपमहानगरपालिकाले चाडपर्वमा नागरिकको स्वास्थ्य सुरक्षामलाई मध्यनजर राख्दै मासु पसल अनुगमनमा कडाई गरेको जनाएको छ । बुटवलमा बधशाला सञ्चालनमा आएपनि मासु व्यवसायीहरुले बधशालाबाट बध गरेको खसी बोकाको मासु विक्रि नगरेको भन्दै अनुगमनमा कडाई गरेको हो ।

पछिल्ला दिनहरुमा लगातार मासु पसलहरुको अनुगमन भइरहेको छ । आईतबार पनि बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले १३ वटा पसलमा अनुगमन गरेको छ । सो अनुगमनका क्रममा सवै पसलहरुले खुल्ला रुपमै खसी, बोका बध गरेर मासु बिक्रि गरिएको भेटिएको थियो ।

अनुगमन टोलीले सवै मासु पसललाई जनही १० हजारका दरले जरिवाना गरेको छ । बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले पटक–पटक पशुबधशालामा व्यवसायीलाई जान भनेपनि अटेर गरेपछि पहिलो चरणमा जनही १०/१० हजार जरिवाना गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाको पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, ०७९ (पहिलो संसोधन, ०८१) को दफा १७ को उपदफा २ बमोजिम आधुनिक पशु बधशालामा बध गरेको मासु बाहेक अन्यत्र बध गरेको मासु विक्रि वितरण गर्न प्रतिबन्ध लगाइएको छ । गरेको पाइएपछि जरिवना गरिएको उनको भनाई छ ।

अनुगमन तथा मुल्यांकन शाखाका प्रमुख पोखरेलका अनुसार अनुगमन टोलीले पहिलो चरणमा १० हजार जनही जरिवाना लिने, त्यसपछि पनि खुल्ला बध गरेको भेटिए २५ हजार र तेस्रो पटक पनि खुल्ला बध गरेको भेटिएमा ५० हजार जरिवाना लिने ब्यवस्था ऐनमा रहेको छ । अन्तिम समयमा पनि व्यवसायीले अटेर गरेमा मासु पसल नै बन्द गरिने उनले बताए ।

अनुगमन टोलीले ताहिर मासु एण्ड माछा पसल, पाल्पाली भैरव मासु पसल, न्यू अर्घाखाँची भुषाल मिट सप, हिमालय क्राउन बुचरी, पाण्डे मासु पसल, सुपा देउराली मासु पसल, गैरे मासु पसल, हाम्रो मासु पसल, आचार्य फ्रेस हाउस, न्यू रेहेमान मासु पसल, रेहान मासु पसल, पुरानो पहाडिया मासु पसल, न्यू पहाडी मासु पसल र हलाल मासु एण्ड माछा पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलिलाई व्यवसायीहरुले सिधै पशुबधशलामा गएर पशु बध गर्न नसकिने बताएका थिए । न्यू पहाडि मासु पसल सुख्खानगरका सञ्चालक ओम थापाले पशु बधशालामा गएर पशु बध गर्न नसकिने बरु पसल बन्द गर्नु परे गर्ने बताए ।

बुटवल उपमहानगरकी उप प्रमुख साबित्रा अर्यालले नयाँ ब्यवस्था लागु गर्दा केही असहजता आउने बताइन् । उनले मासु ब्यवसायीहरु पनि अन्त्यमा बधशालामा जानुको बिकल्प नरहेको उल्लेख गर्दै उपमहानगरले ब्यवसायीको हितलाई ध्यानमा राखी ऐन सशोधन गर्न उपमहानगर तयार रहेको बताइन् । उनले ब्यवसायीको हक सुनिश्चित गरेपछि उपमहानगरले कडाई गर्ने योजना बनाएको जनाउँदै अटेर गर्ने व्यवसायीको पसल बन्द पनि गर्न सकिने बताइन् । ‘स्थानीय सरकारको ऐन, नियम मान्दिन भन्नेहरुलाई कारवाही गरिन्छ ।’ उनले भनिन् ।

उता मासु ब्यवसायी संघका अध्यक्ष विशाल थापाले भने ब्यवसायीक हितमा उपमहानगरले मापदण्ड बनाइदिए बधशालामा जान कुनै आपत्ति नरहेको बताउँछन् । उनले ब्यवसायीले मासु कटाउन लैजाँदा ढुवानी खर्च र सेवा शुल्कका कारणले पर्ता नलाग्ने उल्लेख गर्दै बधशालाको मापदण्ड बनाइदिए नगर क्षेत्रमा ब्यवसायीहरुले आफै उपमहानगरको मापदण्ड भित्र रहेर बधशाला खोल्न तयार रहेको बताए ।

उनले कुनै निश्चित कम्पनीलाई फाइदा हुने गरि उपमहानगरले एकाधिकार कायम गराउने निर्णयको भने ब्यवसायीले सधैं बिरोध गर्ने उनले जनाए । उनले पटके जरिवानाले बाख्रीको मासुको ब्यापार बन्द नहुने जनाउँदै एक पटकमा कम्तीमा ३ महिना त्यस्ता पसलहरु बन्द गर्ने हिम्मत उपमहानगरले राख्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ०९ बजे

प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

झ्याप्ले खोलाले बगायो दिपेश र दिपिकाको सपना…

बुटवल । देशकै धेरै विद्यालय अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका

विपद्बाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुग्यो

काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी

दिल्लीमा पक्राउ परेका सहकारी ठगीका आरोपी मेयर देवकुमारलाई बागलुङ पठाइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका

एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा