१३ आश्विन २०८१, आइतबार | September 29, 2024

मुस्ताङमा बाढीबाट क्षति



म्याग्दी । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो ।

बेनी-जोमसोम-कोरला सडकको जोमसोम-छुसाङ र कागबेनी-मुक्तिनाथ सडकमा पाखोबाट गेग्रानसहितको बाढी आएर भत्काएको छ । पहिरोले यसै हप्ता कालोपत्र भएको १३ किलोमिटर लामो जोमसोम-कागबेनी सडकमा क्षति पुर्याएको वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए ।

शनिबार दिनभर जोमसोम-कोरला र कागबेनी मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ फलेकको स्याउ बारीमा पाखोबाट आएको बाढी पसेर क्षति पुगेको छ । स्याउ बगैँचा, आलु र जौँबालीमा बाढी पसेर क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेका छन् ।

यसैगरी जोमसोममा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको काम गरिरहेको निर्माण कम्पनीको डोजर खोलामा फसेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ४१ बजे

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

काठमाडौँ । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो

काठमाडौं । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न

झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को एक बस भेटियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को

कपिलधामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू वर्षमा ४० लाख बजेट

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण