१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा हेमन्त कर्माचार्य



लमही । सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति गठन भएको छ । आज लुम्बिनी प्रदेशको दांगको देउखुरीमा भएको प्रथम अधिवेशनबाट बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति गठन भएको हो ।

अधिवेशनको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको न्युनिकरणका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । उनीहरुले हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्याप्त भ्रष्टाचारमा न्युनिकरण हुने बक्ताहरुले विस्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई पालिकास्तर सम्म पुर्याउने महासंघको लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए । उनले हालसम्म बागमती र गण्डकी बाहेकका जिल्लाहरुमा महासंघको प्रदेश समिति गठन भइसकेको जानकारी दिँदै छिट्टै त्यस प्रदेशमा पनि संगठन बिस्तार हुने बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता बिश्वजीत तिवारी लगायतले वडास्तर सम्म नागरिकलाई सचेत बनाउन महासंघ सघलाई सफलताको शुभकामना दिए

अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीकी राधा बस्नेत र पाल्पा दिपक पोखरेल, महासचिवमा सन्तोष कुमार गुप्ता, सचिवमा रुद्र सुबेदी र महादेव खरेल, कोषध्यक्षमा नवलपरासीका पप्पु रेग्मी सहित १० सदस्सीय प्रदेश समिति गठन गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ३३ बजे

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

धादिङ । काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय

एन्फा एकेडेमीका ६ वटै बालकको शव भेटियो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत

कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ