१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन । राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिएका छन । साथै राष्ट्रपति पोडेलले विपद्को यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गरेका छन । उनले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : २४ बजे

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

धादिङ । काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय

एन्फा एकेडेमीका ६ वटै बालकको शव भेटियो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत

कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ