१२ आश्विन २०८१, शनिबार | September 28, 2024

अन्तर्राष्ट्रिय थाहा दिवस २०२४ दाङको देउखुरीमा प्रभातफेरि गरेर मनाइयो



दाङ । थाहा पाउने अधिकारका लागि वा सूचना पाउने अधिकारका लागि परिकल्पना गरिएको अन्तर्राष्ट्रिय थाहा दिवस आज दाङ-देउखुरीको लमहीमा एक कार्यक्रम गरी मनाइएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ केन्द्रीय समिती र पब्लिक भ्वाइस नेपाल लुम्बिनी प्रदेश समितीले लुम्बिनीको प्रदेश राजधानी दाङ(देउखुरीको लमहीमा प्रभात फेरी कार्यक्रम गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै सुचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमित बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले देशका हरेक नागरिकले सूचनाको अधिकार छ संबिधानले दिएको अधिकार प्रयोग गर्न नागरिकको दायित्व भएको बताए । अध्यक्ष बागचन्दले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै टोल, समाजका मानिसहरुलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताए । उनले थाहा दिवसले जनताको सूचनाको अधिकारलाई अझ सशक्त बनाउने उद्देश्य बोकेको छ दाबी गरे ।

कार्यक्रममा सहभागीहरुले सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको करले कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौँ लगायतका सचेतनामूलक पम्प्लेटहरु लिएका थिए ।

थाहा दिवसको दिनको परिकल्पना गरिएको बुल्गेरियाको सोफियामा सन् २००२ को सेप्टेम्बर २८ मा जम्मा भएका सूचनामा स्वतन्त्रता चाहनेहरूको भेलाले तयार गरेको विश्वव्यापी संजालको थालनी भएको बिशेष दिन हो । सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, रूपमा २८ सेप्टेम्बरलाई मानिन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ३१ बजे

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

धादिङ । काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय

एन्फा एकेडेमीका ६ वटै बालकको शव भेटियो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत

कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ