१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बाढीपहिरो : ललितपुरमा १८ जनाको मृत्यु



ललितपुर । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ५८ बजे

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ

वर्षाजन्य विपदबाट देशभर ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र

सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा हेमन्त कर्माचार्य

लमही । सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरिय

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण