१२ आश्विन २०८१, शनिबार | September 28, 2024

अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङ्जा । अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ-पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।

गएराति वालिङ नगरपालिकाको बाँयटारी तथा गल्याङ नगरपालिका विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि अहिले सडक विभागको डोजरले पहिरो पन्छाउने काम सुरु गरेको छ । बाँयटारीमा पहिरो हटाउने कार्य जारी छ । वालिङदेखि राम्दीसम्मको सडकखण्डमा पाँच/छ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ ।

पहिरोका कारण बुटवल-पाल्पा हुँदै स्याङ्जा प्रवेश गर्ने सवारीसाधन रोकिएका छन् । वालिङबाट पाल्पा, बुटवलतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको दक्षिण भेग जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकका विभिन्न ठाउँमा पहिरो जाँदा सवारीसाधन रोकिएको जनाइएको छ । त्यस्तै वालिङ-चापाकोट सडकखण्डमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने गल्याङ-चापाकोट सडकखण्ड पनि सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ५७ बजे

आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौँ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर

काभ्रेमा बाढीपहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१

नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक

चितवन । स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै

सिन्धुली-रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा