२० चैत्र २०८१, बुधबार | April 2, 2025

बुटवलको तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा करेन्ट लागेर साँढेको मृत्यु



बुटवल । सडक बत्तीको पोलमा करेन्ट लागेर बुटवलमा छाडा चौपायाले ज्यान गुमाएको छ । बुटवलको मिलनचोक तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा असुरक्षित तरिकाले वायरिङ गर्दा चौपायालाई करेन्ट लागेको स्थानीयको भनाई छ । निरन्तर वर्षा भइरहेको बुटवलमा शनिबार विहान उक्त घटना भएको छ ।

बुटवल उपमहनगरपालिकाले सडक बत्ती तथा छाडा चौपायाको सही व्यवस्थापन नहुँदा घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । छाडा चौपाया व्यवस्थापन नहुँदा बुटवलका पटक-पटक विभिन्न घटना हुने गरेका छन् । बुटवलमा छाडा चौपायाको आक्रमणबाट मानिसको समेत ज्यान जानुका साथै सडक दुर्घटनाहरु हुने गरेका छन् । चौपाया व्यवस्थापन नहुँदा गत साउन २० गते एक महिलाले ज्यान गुमाउनु परेको थियो । गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खले भई बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चेर ज्यान गुमाएकी थिइन् ।

घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो । छाडा चौपाया व्यवस्थापनका लागि बुटवल उपमहानगरले शिवनगर जँगलमा गौशाला स्थापना गरे पनि यसको पूर्ण समाधान भने हुन सकेको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३३ बजे

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल

हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि

नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच केही महत्वपूर्ण सम्झौता भएको छ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज