१२ आश्विन २०८१, शनिबार | September 28, 2024

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र क्यानडा खेल्दै



काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज आजदेखि खेल्न लागेका हुन् ।

यस सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५२ बजे

टुना टेक्नोलोजीले जित्यो ‘नास आइटी अवार्ड-२०२४’

बुटवल । बुटवलमा स्थापित आईटी कम्पनी टुना टेक्नोलोजीले यस वर्षको

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत

भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ

अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध