२ चैत्र २०८१, शनिबार | March 15, 2025

दसैंलाई लक्षित गर्दै आइएमई पेले ल्यायो १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना



काठमाडौं। आइएमई पेले दसैं पर्वलाई लक्षित गरी जम्मा १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना ल्याएको छ।

आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राहीमध्ये दैनिक ५ जनाले १ रुपैयाँमा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ती ग्राहकले खरिद गरेको हवाई टिकटको रकम १ रुपैयाँ कटाएर विजेता घोषणा गरेपश्चात क्यासब्याक पाउनेछन्। यो योजना असोज २३ गतेसम्म कायम रहने कम्पनीले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अनुसार आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकले ८१ रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दिन ३० जनाले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनेछन्।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ३२ बजे

गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

तानसेन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट

प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको धवलशमशेरको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन

शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको

तनहुँमा च्याउ खाँदा दश जना बिरामी

तनहुँ । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका-६ शान्तिटोलका दश जना