११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

आज र भोलि रात्रि बस नचलाउन निर्देशन



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो ।

बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : २६ बजे

बारको विरोधका बीच सर्वोच्चका दुई न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश

एएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…

गण्डकी । ‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन्