१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि



काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ ।

आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो ।

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

आयोगले असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गते मतदान गर्ने लगायतको निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : ०५ बजे

भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने

काठमाडौं । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई

ग्लोबल आइएमईका ग्राहकले एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट पाउने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा

साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित

काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय

बार अध्यक्षसँग सात दिनभित्र लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध