६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै



बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत यहाँ भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ ।

ढोरपाटन नगरपालिका उप्रमुख धनबहादुर कायतले पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिए । नगरपालिकाको वडा नं ९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको उनले बताए ।

कायातकानुसार पहिलो चरणमा रु चार करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ । पूर्वाधार निर्माणसँगै पार्क, सङ्ग्रहालय तथा पर्यटकका लागि आवश्यक पर्ने अन्य जानकारी दिन उक्त केन्द्रले निर्माण गर्न लागिएको हो । “ढोरपाटनमा पछिल्लो समय १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्, जसमध्ये पर्याप्त सूचना र पूर्वाधारको अभावमा पर्यटक अलमल भएको हामीले महसुस गरेका थियौँ”, उपप्रमुख कायतले, “पर्यटन विभागसँग गरिएको समन्वयले यहाँ सुविधासम्पन्न पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचना केन्द्रसँगै व्यवस्थित पार्क बनाइनेछ, सङ्ग्रहालयसमेत बनाइनेछ ।”

चालु आर्थिक वर्षमा रु चार करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ । पर्यटकीय पूर्वाधारसहित सूचना केन्द्र्र निर्माणका लागि जग्गाको व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाएको थियो ।

यस कार्यमा सङ्घीय सांसद् देविप्रकाश भट्टचनले यहाँ भित्रिएका पर्यटकलाई धेरैभन्दा धेरै ठाउँमा पु¥याउन, यहाँको पहिचान, कला तथा संस्कृतिको विषयमा आवश्यक जानकारी दिन नगरपालिकाको मागअनुसार सूचना केन्द्र निर्माण योजना अगाडि बढेको बताए । नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उनीहरूको सहजताका लागि सूचना केन्द्र उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।

ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिए । उनले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिए पनि सूचना केन्द्र स्थापना भएमा थप प्रभावकारी हुने बताए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : ४८ बजे

न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्यूरो उपचार केन्द्र

सहकारी ठगी प्रकरण : रुपन्देही ल्याइएका पूर्वडीआईजी जोशीसँग साढे ७ घण्टा बयान

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेर बयानका लागि रुपन्देही

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

काठमाडौं । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५

गुल्मीको हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन