९ आश्विन २०८१, बुधबार | September 25, 2024

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते



दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उनकी छ वर्षीया छोरी सविना साहु घाइते भएकोमा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ५३ बजे

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौं । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

बेइजिङ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा