८ आश्विन २०८१, मंगलबार | September 24, 2024

आफ्नो निर्वाचन क्षेत्रको सडक मर्मत गरिदिन स्वास्थ्यमन्त्रीको अधिकारीहरु समक्ष हारगुहार



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।

काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका छन् ।

एक वर्ष अघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भए पछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पहल थालेका थिए ।

सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरिक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए । त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आए पछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएका हुन्  ।

बुधबार पुनः निरिक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए । मन्त्रीसामु सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए ।

सडकअन्र्तगतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ । प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरुले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : २७ बजे

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न

लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार

लुम्बिनी विकास कोषका कोषाध्यक्ष र सदस्य सचिवमाथि निर्माणव्यवसायीबाट आक्रमण(भिडीयोसहित)

लुम्बिनी । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले हातपात गरेका छन्

नेप्सेमा ५८ अङ्कको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५८ अङ्कको गिरावट आएको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद