७ आश्विन २०८१, सोमबार | September 23, 2024

ओली र मोदीबीच न्ययोेर्कमा भेटवार्ता



अमेरिका । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज न्युयोर्कमा भेटवार्ता भएको छ ।

मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल भेटघाटका लागि पुगेका थिए । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर पनि सहभागी थिए ।

न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछौं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।’

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई तेस्रो पटक नेपाल भ्रमणको निम्ता दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले यसअघि आफू प्रधानमन्त्री भएपछि मोदीको बधाई लिने क्रममा प्रथम पटक र परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत् दोस्रो पटक नेपाल भ्रमणको निम्तो पठाएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : २१ बजे

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला

दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट