२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

थारु संग्रहालयमा मुख्यमन्त्री(फोटो फिचर)



दाङ । दाङ दंगिशरण गाउँपालिका-३ चखौरा स्थित थारु सांस्कृतिक संग्रहालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरेका छन् । मुख्यमन्त्री आचार्यले आज पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयोग हुदै आएका बस्तुहरु राखिएको थारु संग्रहालयको अवलोकन गरेका हुन् ।

अहिले लोप हुने अवस्थामा पुगेका पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयोग हुदै आएका बस्तुहरु संग्रहालयमा संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्राहलयमा थारु समुदायको जन्म, मृत्यु, विवाह लगायतका संस्कार संग जोडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।

मुख्यमन्त्री सहितको टोलिलाई पछिल्लो दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताहरुको आकर्षणको थलो बन्दै गएको जानकारी दिँदै थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले विद्यार्थीहरु थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको बताइन् । संग्रहालय अवलोकन गर्न भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : ३८ बजे

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा