५ चैत्र २०८१, मंगलबार | March 18, 2025

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ



भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४ जना भारतीय र २ जना नेपाली नागरिक सहित ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

नेपाली युवतीलाई जबर्जजस्ती करणी गरेको आरोपमा भारत महाराजगञ्जका ३७ वर्षिय अफरोज समी, सोही ठाउका २७ वर्षिय सालु खान, ३१ वर्षिय अत्तर खाँन र गोरखपुरका २७ वर्षिय बब्लु खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने नेपालीहरुमा रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय साहरुख तेली र सोही ठाउको २५ वर्षिय अकबर खाँन रहेका छन् ।

आरोपितहरुले २१ वर्षिया भैरहवा–१४ (परिवर्तित नाम) लाई यहि असोज ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा रहेको होटल आरोमामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । भैरहवा–१४ (परिवर्तित नाम) आफैले जबरजस्ती करणी गरेको जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भट्टले बताए ।

आरोपितहरुलाई असोज ४ गते रुपन्देही जिल्ला अदालतमा पेश गरि थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ११ : ०० बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको